२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पताललाई रिभर्स ओस्मोसिस प्रणाली प्रदान

images

  • २०८३ असोज ४, आइतबार
  • 241
    SHARES
  • सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पताललाई रिभर्स ओस्मोसिस प्रणाली प्रदान

    काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनलले सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई रिभर्स ओस्मोसिस प्रणाली सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी–१, कैलालीमा अवस्थित अस्पताललाई उक्त सामग्री सहयोग गरेको हो ।

    यस सहयोगले सुदूरपश्चिम प्रदेशभरका मृगौला रोगी बिरामीहरूलाई प्रदान गरिने डायलासिस सेवालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको बैंकले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले अस्पताललाई सहयोग स्वरुप अस्पतालको डायलासिस एकाइका लागि आर.ओ.प्रणाली हस्तान्तरण गरेका हुन् ।

    अस्पतालको डायलासिस युनिटले हाल २१ वटा डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ जना नियमित बिरामीहरूलाई सेवा प्रदान गरिरहेको छ । अस्पतालको तत्काल आवश्यकतालाई मध्यनजर गर्दै बैंकले अस्पताल व्यवस्थापन टोलीसँग छलफल गरी सबैभन्दा प्राथमिक आवश्यकता पहिचान गरेको थियो । सोही अनुसार, डायलासिस युनिटका लागि दिगो र सुरक्षित उपचार सेवा सुनिश्चित गर्न आवश्यक पर्ने प्रणालीको स्थापनालाई सर्वोच्च प्राथमिकतामा राखिएको हो ।

    ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गरेको बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ।

    बैंकले नवयुवालाई लक्षित गरी ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ नामक बचत खाता पनि सुरु गरिएको बैंकले जनाएको छ।

    त्यस्तै, मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन दिन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराइएको छ। बैंकले ‘क्रस बैंक टेलर’ सुविधासमेत सञ्चालनमा ल्याएको छ, जसअन्तर्गत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्छन्।

    सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका दुई सय शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६२ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ