२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अभिषेक शर्माको विष्फोटक ब्याटिङ: ३० बलमै शतक, छक्का-चौकाको वर्षात्

images

  • २०८३ असोज १, बिहीबार
  • 266
    SHARES
  • अभिषेक शर्माको विष्फोटक ब्याटिङ: ३० बलमै शतक, छक्का-चौकाको वर्षात्

    काठमाडौं : अफगानिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टी–२०आई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भारतीय ओपनर अभिषेक शर्माले विष्फोटक ब्याटिङ गर्दै कीर्तिमानी शतक प्रहार गरेका छन्।

    नयाँ दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा जारी खेलमा अभिषेकले मात्र ३० बलमा आफ्नो शतक पूरा गरेका हुन्। आक्रामक लयमा देखिएका उनले मैदानको चारैतिर चौका र छक्काको वर्षा गराउँदै १० छक्का र ९ चौका प्रहार गरे। टी–२० अन्तर्राष्ट्रियमा अभिषेकको यो तेस्रो शतक हो।

    उनले सुरुवाती ५० रन केवल १६ बलमा पूरा गर्दै टोलीलाई विष्फोटक सुरुवात दिलाएका थिए। टेस्ट मान्यता प्राप्त राष्ट्रका ब्याटरहरूमध्ये टी–२०आईमा यो नै हालसम्मकै तीव्र शतक हो। अभिषेकको यस आँधीबेहरी पारीका कारण भारतले अफगानिस्तानविरुद्ध विशाल योगफलतर्फको यात्रा तय गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ