२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अलराउन्डरमा दीपेन्द्र, बलिङमा सन्दीप र ललितको वरियतामा सुधार

images

  • २०८३ असोज १, बिहीबार
  • 281
    SHARES
  • अलराउन्डरमा दीपेन्द्र, बलिङमा सन्दीप र ललितको वरियतामा सुधार

    काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडीहरूले उल्लेख्य सुधार गरेका छन्। आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार अलराउन्डर दीपेन्द्र सिंह ऐरी तथा स्पिनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेको स्थान माथिउक्लिएका छन्।

    वरीयतामा नेपाली खेलाडीको अवस्था :

    • दीपेन्द्र सिंह ऐरी: एकदिवसीय अलराउन्डर वरीयतातर्फ ५ स्थान सुधार गर्दै १७ औँ स्थानमा पुग्न सफल भएका छन्। यस्तै, बलिङतर्फ पनि ५ स्थान उक्लिँदै उनी ७२ औँ स्थानमा रहेका छन्। टी-२० अन्तर्राष्ट्रिय (T20I) अलराउन्डर वरीयतामा भने उनी पूर्ववत् तेस्रो स्थानमै यथावत छन्।

    • ललित राजवंशी : एकदिवसीय बलिङ वरीयतामा उत्कृष्ट प्रदर्शन गर्दै ५ स्थानको सुधारका साथ ४० औँ स्थानमा उक्लिएका छन्।

    • सन्दीप लामिछाने : बलिङतर्फ ३ स्थान सुधार गर्दै ४६ औँ स्थान हासिल गर्न सफल भएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ