२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मनास्लु हिमाल आरोहण सुरु, हालसम्मकै उच्च आरोही

images

  • २०८३ भदौ ३१, बुधबार
  • 246
    SHARES
  • मनास्लु हिमाल आरोहण सुरु, हालसम्मकै उच्च आरोही

    काठमाडौँ : शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको छ । यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४ सय ६६ जना आरोहीले गत मङ्गलबारदेखि आरोहण सुरु गरेका हुन्।

    ३९ समूहमा ३ सय ४२ जना पुरुष र १ सय २४ जना महिला आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेका छन् । आधार शिविरमा लामा गुरुले पूजा गरेर आरोहणको साइत गरिएको आरोहीका सहयोगी बिसबहादुर गुरुङले जानकारी दिए । आरोहीहरूले अबको एक दुईदेखि तीन साताभित्र आरोहण गरिसक्ने गुरुङको भनाइ छ ।

    यो याममा नेपाल सरकारले मनास्लु आरोहण गर्नेहरूबाट २१ करोड २४ लाख ४८ हजार रुपैयाँ राजस्व आर्जन गरेको पर्यटन विभागले जनाएको छ । मनास्लु आरोहण गर्ने आरोहीको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । साथै राजस्व पनि अहिलेसम्मकै धेरै हो ।

    गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा अवस्थित मनास्लु सन् १९५६ मे ९ देखि आरोहण गर्न सुरु गरिएको थियो । समुद्री सतहबाट ८ हजार १ सय ६३ मिटर अग्लो यो विश्वकै आठौँ अग्लो हिमाल हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ