२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गिलको विष्फोटक शतक गुजरात प्लेअफमा, हैदरावाद बाहिरियो

images

सत्कार खबर
  • २०८० जेठ २, मंगलबार
  • 806
    SHARES
  • गिलको विष्फोटक शतक गुजरात प्लेअफमा, हैदरावाद बाहिरियो

    शुभमन गिलले आईपीएल करियरको पहिलो शतक बनाएका छन् ।

    काठमाडौं : इन्डियन प्रिमियर लिगमा साविक विजेता गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ । जितसँग गुजरातले एक खेल बाँकी  हुँदै प्लेअफको स्थान पक्का गरेको छ ।  शुभमन गिलले ४८ बलमा १ सय १ रन बनाएर आईपीएल करियरको पहिलो शतक बनाएका छन् ।

    १३ खेलबाट १८ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ र सिधै क्वालिफायर खेल्नेछ ।  गजरातले अब लिगमा एक खेल बेंगलोरसँग खेल्न बाँकी छ । आठौं हार पछीको हैदरावाद भने लिग चरणबाट बाहिरिने दोस्रो टिम बनेको छ । 

    घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । गुजरातका लागि शुभमन गिलले ४८ बलमा १ सय १ रन र साई सुदर्शनले ३६ बलमा ४७ रन जोडेका थियो । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।  हैदरावादका लागि भुवनेश्वर कुमारले ४ ओभरमा ३० रन खर्चेर ५ विकेट लिएका थियो ।

    bhavanewshwar-kumar-hyderabad-2023_ipl-2023.jpg
    satkarkhabar

    लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाएको थियो । हैदरावादका लागि हेनरिच क्लासेनले ४४ बलमा सर्वाधिक ५४ रन र भुवनेश्वर कुमारले २७ रन जोडेका थियो । यस्तै गुजरातका लागि मोहम्मद शामीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट मोहित शर्माले  २८ रन खर्चेर ४ विकेट लिएका थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ