२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एसियन गेम्सका लागि दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा

images

  • २०८३ भदौ ३०, मंगलबार
  • 286
    SHARES
  • एसियन गेम्सका लागि दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा

    काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले आसन्न एसियन गेम्सका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानत्वमा १५ सदस्यीय 'फाइनल' राष्ट्रिय टोली घोषणा गरेको छ। यसअघि नेपाल ओलम्पिक कमिटीले टोली सार्वजनिक गरिसकेको भए पनि क्यानले मङ्गलबार औपचारिक रूपमा टोलीको अन्तिम नामावली सार्वजनिक गरेको हो।

    घोषणा गरिएको नेपाली टोलीको नेतृत्व अलराउन्डर दीपेन्द्रसिंह ऐरीले गर्नेछन्। टोलीमा युवा र अनुभवी खेलाडीहरूको सन्तुलित मिश्रण रहेको छ।

    घोषित नेपाली टोली :

    • कप्तान : दीपेन्द्रसिंह ऐरी

    • सदस्यहरू : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल।

    एसियन गेम्सको क्रिकेट प्रतियोगितामा नेपाल समूह चरणमा रहेको छ। तालिका अनुसार नेपालले सेप्टेम्बर २५ र २६ मा आफ्ना समूह चरणका खेलहरू खेल्नेछ। नेपाली टोलीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ