२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रिलायबल नेपाल लाइफद्वारा शेयर स्वामित्व संरचना परिमार्जन : संस्थापक ५१% र सर्वसाधारणको ४९% कायम

images

  • २०८३ भदौ २९, सोमबार
  • 276
    SHARES
  • रिलायबल नेपाल लाइफद्वारा शेयर स्वामित्व संरचना परिमार्जन : संस्थापक ५१% र सर्वसाधारणको ४९% कायम

    काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो शेयर स्वामित्व संरचनामा महत्त्वपूर्ण परिमार्जन गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकको निर्णयअनुसार संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात परिमार्जन गरी क्रमशः ५१:४९ कायम गरिएको हो।

    नेपाल बीमा प्राधिकरणद्वारा जारी 'बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७' को प्रावधानलाई पालना गर्दै यो समायोजन गरिएको कम्पनीले जनाएको छ।

    प्रमुख विवरणहरू :

    नयाँ शेयर स्वामित्व : संस्थापक समूह ५१ प्रतिशत र सर्वसाधारण समूह ४९ प्रतिशत।

    पुरानो शेयर स्वामित्व : संस्थापक समूह ७० प्रतिशत र सर्वसाधारण समूह ३० प्रतिशत।

    परिवर्तित प्रतिशत : संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा रूपान्तरण गरिएको।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ