२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कृष्णभीरमा सडक मर्मत र तुइन खोलामा पहाड काट्न नारायणगढ-मुग्लिन खण्डमा आंशिक यातायात बन्द

images

  • २०८३ भदौ २२, सोमबार
  • 311
    SHARES
  • कृष्णभीरमा सडक मर्मत र तुइन खोलामा पहाड काट्न नारायणगढ-मुग्लिन खण्डमा आंशिक यातायात बन्द

    काठमाडौँ : पृथ्वी राजमार्गको कृष्णभीरमा सडक बिग्रिएपछि नयाँ ट्रयाक खोल्ने र मर्मत गर्ने काम भइरहेको छ। मर्मतका कारण कृष्णभीर क्षेत्रमा सवारी साधनको आवतजावत पूर्ण रूपमा ठप्प छ। कृष्णभीरमा सडक बन्द हुँदा नारायणगढ-मुग्लिन सडक खण्डमा गाडीको चाप निकै घटेको छ।

    यही मौकाको सदुपयोग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले तुइन खोला क्षेत्रमा पुल निर्माणका लागि पहाड/माटो काट्ने काम अघि बढाउने भएको छ। यात्रुलाई पछि हुन सक्ने ठूलो सास्ती कम गर्न कृष्णभीरको मर्मत नसकिउन्जेल सोमबारदेखि तुइन खोला क्षेत्रमा दैनिक निश्चित समय गाडी रोकेर काम गरिनेछ।

    सडक बन्द हुने समय :

    बिहान ६:०० देखि ८:०० बजेसम्म
    बिहान ८:३० देखि १०:३० बजेसम्म
    बिहान ११:०० देखि दिउँसो १:०० बजेसम्म
    दिउँसो १:३० देखि ३:३० बजेसम्म
    दिउँसो ४:०० देखि साँझ ६:०० बजेसम्म

    सडक खुला रहने समय (यातायात सञ्चालन) :

    बिहान ८:०० देखि ८:३० बजेसम्म
    बिहान १०:३० देखि ११:०० बजेसम्म
    दिउँसो १:०० देखि १:३० बजेसम्म
    दिउँसो ३:३० देखि ४:०० बजेसम्म
    साँझ ६:०० बजेपछि (रातभर)

    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सडक बन्द र खुला हुने तालिका हेरेर मात्र यात्राको योजना बनाउन सर्वसाधारण तथा चालकहरूलाई आग्रह गर्नुभएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ