काठमाडौँ : अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले आज बुधबार आफ्नो पहिलो एकदिवसीय अभ्यास खेल खेल्दैछ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार नेपाली टोलीले आज तास्मानियाको स्थानीय टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो।
टी-२० शृंखला सकिएसँगै नेपाल 'ए' टोली अब ५० ओभरको फर्माटमा उत्रिन लागेको हो। क्यानका अनुसार नेपाल ‘ए’ ले यस भ्रमणका क्रममा तीनवटा एकदिवसीय अभ्यास खेल खेल्नेछ।
अभ्यास शृंखलाको खेल तालिका:
पहिलो खेल : आज (बुधबार) – विरुद्ध तास्मानिया (स्थानीय टोली)
दोस्रो खेल : पर्सि (शुक्रबार) – विरुद्ध साउथ अस्ट्रेलिया
तेस्रो खेल : आउँदो आइतबार – विरुद्ध न्युजिल्यान्ड ‘ए’
यसअघि नेपाल ‘ए’ टोलीले अस्ट्रेलियामै सम्पन्न ‘टप एन्ड टी-२० सिरिज’ मा सहभागिता जनाएको थियो। उक्त टी-२० शृंखलामा नेपालले होबर्ट हुरिकेन्स एकेडेमी र अस्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) लाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। तर, भिक्टोरिया एकेडेमी, नर्दन टेरिटोरी स्ट्राइक्स, बङ्गलादेश हाई पर्फर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग भने नेपाली टोली पराजित हुन पुगेको थियो।