२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

संसदीय व्यवस्थाका कारण भ्रष्टाचार र भ्रष्टाचारीहरु बढ्दै गए : विप्लव

images

सत्कार खबर
  • २०८० जेठ १, सोमबार
  • 756
    SHARES
  • संसदीय व्यवस्थाका कारण भ्रष्टाचार र भ्रष्टाचारीहरु बढ्दै गए  :  विप्लव

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाका कारण भ्रष्टाचार र भ्रष्टाचारीहरू बढ्दै गएको बताउनु भएको छ ।

    सोमबार ५९ औं विद्यार्थी दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले यस्तो बताउनु भएको हो ।
    संसदीय व्यवस्थामा असल मानिस पनि सिंङ पुच्छर उमारेर निस्कने गरेको उहाँको भनाई छ । महासचिव विप्लवले भुटानी शरणार्थी प्रकरणमा ठुला दलका ठुला नेता नै मुछिएकोप्रति आक्रोश व्यक्त गर्नु भयो ।

    ‘हिजोसम्म गृहमन्त्री र उपप्रधानमन्त्री भएर देशको नेतृत्व गरेका मान्छेहरु आज करौडौको खेलमा भ्रष्टाचारमा जाकिएका र जेलको चिसो छिँडीमा रुँदै बस्नुपरेको विप्लवको भनाइ छ । उहाँले अहिले सामन्तवाद परास्त भएपनि साम्राज्यवादविरुद्ध संघर्ष गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । युवा विद्यार्थीलाई मुलुकको हितको पक्षमा उभिन विप्लवले आग्रह गर्नु भयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ