२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

त्रिशूलीको बाढीले कटान गर्दा कृष्णभीरमा २० मिटर सडक भासियो, यातायात प्रभावित

images

  • २०८३ भदौ १४, आइतबार
  • 221
    SHARES
  • त्रिशूलीको बाढीले कटान गर्दा कृष्णभीरमा २० मिटर सडक भासियो, यातायात प्रभावित

    काठमाडौँ : त्रिशूली नदीमा आएको ठूलो बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा सडक कटान भई यातायात जोखिमपूर्ण बनेको छ। नदीले सडकको तल्लो भाग निरन्तर कटान गरेपछि झन्डै २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग नदीतर्फ भासिएको हो।

    सडकको ठूलो भाग भासिएपछि उक्त खण्डमा गाडी सञ्चालन गर्न निकै कठिनाइ भएको छ। दुर्घटनाको जोखिम बढेकाले हाल प्रहरी र स्थानीय प्रशासनले उक्त क्षेत्रमा एकतर्फबाट मात्रै सवारीसाधन छाड्ने व्यवस्था मिलाएका छन्।

    सडक विभाग र प्राविधिक टोलीले कटान रोकथान तथा मर्मतको तयारी थालेका छन्। लगातारको वर्षा र नदीको तीव्र बहावका कारण मर्मत कार्यमा चुनौती थपिएको छ। मुख्य राजमार्ग नै जोखिममा परेपछि यात्रा गर्दै हुनुहुन्छ भने विशेष सतर्कता अपनाउन र सडकको ताजा अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ