२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ४ करोड १ लाख रुपैयाँ सहयोग

images

  • २०८३ भदौ १४, आइतबार
  • 321
    SHARES
  • बाढीपीडितका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ४ करोड १ लाख रुपैयाँ सहयोग

    काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (NIMB) ले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरूमा मानवीय तथा भौतिक क्षति हुनुका साथै नागरिकको दैनिक जीवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले सो रकम हस्तान्तरण गरेको जनाएको छ ।

    विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै उद्धार, राहत तथा पुन:स्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्‍याउने मानवीय कार्यमा बैंकले ऐक्यबद्धता जनाएको छ।

    साथै, बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोककाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। घटनामा परी हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूको सकुशल उद्धार एवं घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैंकले गरेको छ।

    May be an image of text

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ