२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

झिनो अंकले घट्याे नेप्से, ३ अर्ब ७८ करोडको कारोबार

images

  • २०८३ भदौ ११, बिहीबार
  • 331
    SHARES
  • झिनो अंकले घट्याे नेप्से, ३ अर्ब ७८ करोडको कारोबार

    काठमाडौँ : आज बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आज नेप्से परिसूचक १.०४ अंकको घटेर २ हजार ५ सय ५७ दशमलव ३१ विन्दुमा पुगेको हो ।

    यस्तै, हिजो बुधबार ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेमा आज ३ सय ४८ कम्पनीको ५२ हजार ५  सय ७५ पटकको खरिदबिक्रीमा ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ६ लाख २६ हजार कित्ता शेयर कारोबार भएको छ।

    यसगरी, आज १३ वटै उपसमूहमध्ये ८ वटा बढेको छ भने ५ वोटा घटेको छ । साथै, आज सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले तथा फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंक घटेको छ भने १ सय ४७ कम्पनीको शेयर मूल्य बढेको छ र १ सय १८ कम्पनीको शेयर मूल्य घटेको छ। 

    आज सर्वोत्तम पेन्ट्सको शेयर निरन्तर एघारौं कारोबार दिन सर्किट लागेको छ जुन १ सय ८१ रुपैयाँ ९० पैसा बढेर १ हजार ३ सय ९४ रुपयाँ ८० पैसामा कारोबार भएको छ र घोराही सिमेन्ट८ प्रतिशत भन्दा बढीले बढेको छ भने अप्पर हेवाखोला हाइड्रोपावर सर्वाधिक ९.८३ प्रतिशत घटेको छ।

    यस्तै, आज शिवम् सिमेन्ट्स शीर्ष स्थान २१ करोड ७५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ भने नेपाल एसबिआई बैंकको साढे १६ करोड रुपैयाँभन्दा तथा चिलिमे हाइड्रोपावर १६ करोड रुपैयाँ कारोबार भएको छ।

    nepse27.JPG
    Nepse

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ