२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

५.३० अंकले घट्याे नेप्से, ४ अर्ब १० करोडको कारोबार

images

  • २०८३ भदौ ९, मंगलबार
  • 266
    SHARES
  • ५.३० अंकले घट्याे नेप्से, ४ अर्ब १० करोडको कारोबार

    काठमाडौँ :  आज मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ५.३० अंकको घटेर २ हजार ५ सय ९४ दशमलव २७ विन्दुमा पुगेको हो । आज नेप्सेसँगै कारोबार रकम भने बढेको  छ। आज १३ वटै उपसमूहमा ८ वटा घटेका छ भने २ वटा बढेको छ।  साथै, आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ र १ सय ८६ कम्पनीको शेयर मूल्य घटेको छ। 

    यस्तै, गत सोमबार ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेमा आज मंगलबार ३ सय ५७ कम्पनीको ४६ हजार ५ सय ८९ पटकको खरिदबिक्रीमा ४ अर्ब १० करोड ९७ लाख ५१ हजार रुपैयाँबराबरको १ करोड ४४ हजार कित्ता शेयर कारोबार भएको छ।

    यसगरी, आज सर्वोत्तम पेन्ट्सको शेयर निरन्तर नवौं कारोबार दिन सकारात्मक सर्किट लागेको छ जुन १ सय ३७ रुपैयाँ ५० पैसा बढेर १ हजार ५४ रुपयाँ ७० पैसामा कारोबार भएको छ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १४.९५ प्रतिशतले बढेको छ भने धौलागिरी लघुवित्त वित्तीयको शेयर मूल्य सर्वाधिक १०.०७ प्रतिशतले घटेको छ।

    यस्तै, आज मकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा ९० करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्स १७ करोड ७१ लाख तथा सोलु हाइड्रोपावर साढे १३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

    exc8-25.png
    NEPSE
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ