काठमाडौँ : लगातार बढेको सुनचाँदीको मूल्य आज सामान्य घटेको छ । आज सुन तोलाको ५ सय तथा चाँदी ६५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन तोलाको ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो सोमबार सुनको मूल्य ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि ६५ रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो सोमबार चाँदीको मूल्य ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।