२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

होबार्टलाई हराउँदै नेपाल ‘ए’ को सेमिफाइनल सम्भावना यथावत्

images

  • २०८३ भदौ ८, सोमबार
  • 301
    SHARES
  • होबार्टलाई हराउँदै नेपाल ‘ए’ को सेमिफाइनल सम्भावना यथावत्

    काठमाडौँ : अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ ले सानदार जित दर्ता गर्दै अङ्क तालिकाको सातौँ स्थानमा उक्लिएको छ। आइतबार भएको रोमाञ्चक खेलमा होबार्ट हेरिकन्स एकेडेमीलाई ३९ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सिरिजमा पहिलो जित निकाल्दै तालिकामा सुधार गरेको हो।

    नेपालले दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट हेरिकन्स १८.३ ओभरमा ११५ रनमै अलआउट भयो। नेपालका लागि बलिङतर्फ नारायण जोशीले सर्वाधिक ३ विकेट लिए भने पवन सर्राफ र शाहब आलमले समान २-२ विकेट चट्याए। विपिन खत्रीले १ विकेट लिए।

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन, मयान यादवले ३१ रन, कप्तान अनिल साहले २८ रन र लोकेश बमले अविजित २० रनको योगदान दिएका थिए।

    नेपाल ‘ए’ का लागि नारायण जोशीले ३ , पवन सर्राफ र साहब आलमले २/२ तथा विपिन खत्रीले १ विकेट लिए। यस जितसँगै सिरिजको सेमिफाइनल प्रवेश गर्ने नेपाल ‘ए’ को सम्भावना जीवितै रहेको छ। सिरिज अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा बुधबार एसिटी (ACT) विरुद्ध प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ