काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्यमा बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ। आज सुनको मूल्य ३ हजार २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको हो।
आज सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ कायम भएको छ जुन हिजो आइतबार प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, १० ग्राम सुनको मूल्य पनि २ लाख ७६ हजार ६ सय ६५ रुपैयाँ रहेको थियो।
यसअनुसार १० ग्राम सुनको मूल्य २ हजार ७ सय ४५ रुपैयाँले वृद्धि भएको छ।
यसैगरि, आज चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कायम भएको छ हिजो आइतबार प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।