२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अस्ट्रेलियाको टप एन्ड सिरिज : आज नेपाल ‘ए' ले हबर्ट हरिकेन्ससँग खेल्दै

images

  • २०८३ भदौ ८, सोमबार
  • 956
    SHARES
  • अस्ट्रेलियाको टप एन्ड सिरिज : आज नेपाल ‘ए' ले हबर्ट हरिकेन्ससँग खेल्दै

    काठमाडौँ : अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एण्ड टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल ‘ए’ले हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुदैछ।  

    यसअघि नेपाल ‘ए’ले प्रतियोगितामा खेलेका २ खेलमा लगातार हार बेहोरेको छ जसमा पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको छ भने दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स–११ सँग ९ विकेटले पराजित भएको थियो ।

    यस्तै, लगातार दुई हारपछि नेपाल ‘ए’ आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिँदैछ । 

    नेपाली टोलीमा कप्तान अनिलकुमार साह, मयन यादव, तृतराज दास, कुशल भुर्तेल, पवन सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, शाहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री, दीपक डुम्रे रहेका छन् ।

    यस्तै, अबको नेपालको खेल तालिका :

    ८ भदौ – नेपाल विरुद्ध हरिकेन्स

    १० भदौ – नेपाल विरुद्ध एसीटी कमेट्स

    ११ भदौ – नेपाल विरुद्ध किङ्समेन

    १३ भदौ – नेपाल विरुद्ध भिक्टोरिया

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ