काठमाडौँ : नेपली बजारमा आज शुक्रबार पनि सुनचाँदी दुवैको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला १ सय ३० रुपैयाँले बढेको छ । २ दिनमा सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ र चाँदी मूल्य प्रतितोला ३ सय ९० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ कायम भएको छ भने हिजो बिहीबार प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ५ सय २० रुपैयाँ भएको छ।
यस्तै, सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो बिहीबार प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ५ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।