काठमाडौँ : काठमाडौं महानगरपालिका वडा नं. ३, बाँसबारीमा साढे २ तले घर भासिएको छ । उक्त घर काठमाडौं महानगरपालिकाका अनुसार बिहीबार भदौ ४ बेलुका करिब ८ बजे वर्षाका कारणले भासिएको जनाएको छ ।
काठमाडौं महानगरपालिकाका अनुसार उक्त घरमा न्यु गण्डकी गेष्ट हाउस सञ्चालनमा थियो भने यस घरमा अहिले कोही नरहेकाले गर्दा कुनै मानवीय क्षति नभएको महानगरपालिकाले जानकारी दिएको छ ।
प्रहरी वृत्त महारागञ्जका अनुसार उक्त घर क्षेत्र वरपर अन्य घर पनि जोखिमा रहेकाले सचेत अपनाउ आग्रह गरिएको छ ।