काठमाडौँ : आज बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ७.१७ अंकको बढेर २ हजार ६ सय २९ दशमलव ४० विन्दुमा पुगेको हो । आज सेन्सेटिभ इण्डेक्स १.८८ अंक, फ्लोट इण्डेक्स ०.४२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
हिजो बुधबार ३ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा आज ३ सय ४५ कम्पनीको ४७ हजार ९ सय १९ पटकको खरिदबिक्रीमा ४ अर्ब ४० करोड १४ लाख ९ हजार रुपैयाँबराबरको ९५ लाख ७ सय ६६ कित्ता शेयर कारोबार भएको छ।
यसै गरी, आज सबैभन्दा धेरै नौ वर्षे एग्रीकल्चरल बण्डको ५० करोड ६५ लाख रुपैयाँ, रिलायन्स स्पिनिङ्ग मिल्सको ३० करोड रुपैयाँ तथा सोलु हाइड्रोपावरको करिब २३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
नेप्सेसँगै आज कारोबार रकममा पनि बढेको छ। आज १३ उपसमूहमध्ये ६उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। आज १ सय ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ३२ कम्पनीको शेयर मूल्य घटेको छ।
यस्तै, आज सबैभन्दा धेरै माउन्ट एभरेष्टका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशत, सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले ९ दशमलव ७७ प्रतिशतका दरले गुमाएका छन्।



