२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

क्षेत्रीय बैंकदेखि बालुवाटारको भव्य हेड अफिससम्म : गरिमा विकास बैंकको प्रेरक यात्रा

images

  • २०८३ भदौ ४, बिहीबार
  • 236
    SHARES
  • क्षेत्रीय बैंकदेखि बालुवाटारको भव्य हेड अफिससम्म : गरिमा विकास बैंकको प्रेरक यात्रा

    काठमाडौं : गरिमा विकास बैंकले ३ वटा सहर पार गर्दै आफ्नो नयाँ केन्द्रीय कार्यालय (हेड अफिस) बालुवाटारमा स्थानान्तरण गरेको छ। करिब १ अर्ब २५ करोड रुपैयाँको लागतमा निर्मित अत्याधुनिक भवनबाट बैंकले औपचारिक रूपमा आफ्नो सेवा सञ्चालनमा ल्याएको हो। स्याङ्जाको वालिङबाट साधारण यात्रा सुरु गरेको यस बैंकले पोखरा, काठमाडौंको लाजिम्पाट हुँदै बालुवाटारसम्मको यात्रा पूरा गरेको छ।

    ३ सहर पार गर्दै बालुवाटारसम्मको यात्रा

    • स्याङ्जा (वालिङ) : क्षेत्रीय स्तरको विकास बैंकका रूपमा वि.सं. २०६४ मा स्याङ्जाको वालिङबाट गरिमाले आफ्नो वित्तीय यात्रा सुरु गरेको थियो।

    • पोखरा : व्यापार विस्तार र सेवाको दायरा फराकिलो बनाउने क्रममा बैंकले आफ्नो केन्द्रीय कार्यालय पोखरा स्थानान्तरण गर्यो।

    • काठमाडौं (लाजिम्पाट) : राष्ट्रिय स्तरको बैंक बनेपछि गरिमाले काठमाडौंको लाजिम्पाटमा हेड अफिस सारेर आफ्नो उपस्थिति बलियो बनाएको थियो।

    • बालुवाटार : आधुनिक पूर्वाधार, आफ्नै अत्याधुनिक भवन र दिगो वित्तीय पहुँछलाई ध्यानमा राख्दै बैंक अहिले बालुवाटारस्थित आफ्नै नयाँ कर्पोरेट भवनमा सरेको छ।

    १.२५ अर्बको लागत र आधुनिक पूर्वाधार 

    करिब १.२५ अर्ब रुपैयाँको लगानीमा बनेको यो भवनमा ग्राहक सेवालाई प्रविधिमैत्री र सहज बनाउन आधुनिक बैंकिङ पूर्वाधार तयार पारिएको छ। बैंक व्यवस्थापनका अनुसार आफ्नै नयाँ भवनबाट सेवा सुरु भएसँगै दैनिक कार्यसम्पादन थप प्रभावकारी हुनेछ। लामो समयको व्यावसायिक अनुभव, लगातारको विस्तार र ग्राहकको विश्वासका कारण क्षेत्रीय बैंकबाट सुरु भएको गरिमा आज देशकै अग्रणी विकास बैंकहरूमध्ये एक बन्न सफल भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ