काठमाडौँ : लगातार दुई दिन बढेको सुनको मूल्य आज स्थिर भएको छ। आज सुन अघिल्लै दिनको मूल्यमा कारोबार भएको छ भने चाँदी १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सोमवार सुनको मूल्य तोलाको ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने अस्ति आइतबार सुन तोलाको ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ७ सय ७० रुपैयाँ रहेको चाँदी आज घटेर तोलाको ४ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ भने अस्ति आइतवार चाँदीको मूल्य तोलाको ४ हजार ७ सय १० रुपैयाँ रहेको थियो ।