२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नाइमा एक्स्पो २०२६ भव्यताका साथ सम्पन्न, १ लाख ८० हजारभन्दा बढीले गरे अवलोकन

images

  • २०८३ साउन ३१, आइतबार
  • 456
    SHARES
  • नाइमा एक्स्पो २०२६ भव्यताका साथ सम्पन्न, १ लाख ८० हजारभन्दा बढीले गरे अवलोकन

    काठमाडौँ : भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ अपेक्षा गरिएभन्दा बढी उत्साहजनक र भव्य रूपमा सम्पन्न भएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का कार्यकारी निर्देशक राजकुमार दुलालले जानकारी दिएका छन्।

    गत भदौ २६ देखि ३१ गतेसम्म सञ्चालित ६ दिने यस एक्स्पोको अवधिभर १ लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताहरूले सहभागिता जनाएको आयोजकले जनाएको छ। अवलोकनकर्ताहरूको यो उच्च उपस्थिति नै यस संस्करणको सबैभन्दा ठूलो सफलता रहेको कार्यकारी निर्देशक दुलालले बताए।

    उनका अनुसार यसपटकको प्रदर्शनीमा राखिएका अत्याधुनिक प्रविधि, विद्युतीय (ईभी), हाइब्रिड, दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा कमर्सियल मोबिलिटीका सवारी साधनहरू मुख्य आकर्षण बनेका थिए। साथै, एक्स्पोका अवसरमा आयोजित विभिन्न लर्निङ सेसन तथा अन्तरक्रियाहरूले नेपालको मोबिलिटी क्षेत्रको भावी दिशा र प्रविधिको सम्भावनाबारे गहिरो बहस र निष्कर्ष निकाल्न मद्दत पुर्‍याएको छ।

    एक्स्पोलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रदर्शकहरू, सदस्य कम्पनीहरू, प्रायोजक, विभिन्न पार्टनरहरू, सरकारी निकायहरू, सञ्चालक समिति, सचिवालय टिम तथा विशेष गरी सञ्चारकर्मीहरूप्रति नाइमाले धन्यवाद ज्ञापन गरेको छ।

    कार्यकारी निर्देशक दुलालले भने, “समग्रमा यस एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रप्रति सर्वसाधारण र व्यवसायीहरूको गहिरो रुचि तथा यसको उच्च सम्भावनालाई स्पष्ट पारेको छ। प्रदर्शनीका क्रममा प्राप्त प्रतिक्रिया र सुझावहरूलाई आत्मसात गर्दै आगामी संस्करणलाई अझ बढी परिष्कृत, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्नेछौँ।”

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ