काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार तेस्रो कारोबार दिन पनि सकारात्मक लय समात्दै सामान्य अंकले बढेर बन्द भएको छ। आज बिहीबारको नेप्से परिसूचक ८.८१ अंकको वृद्धिसँगै २६५१.२१ विन्दुमा पुगेको हो ।
हिजो बुधबार ३ अर्ब ५३ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा आज रु. ३ अर्ब ७२ करोड ४७ लाखभन्दा बढीको कारोबार भएको छ। आज दिनभरिमा कुल ३४७ वटा कम्पनीका १ करोड २ लाख २५ हजारभन्दा बढी कित्ता सेयरहरू ४५ हजार ८ सय २२ पटक खरिदबिक्री भएका छन्।
आज १७२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै, आज सबैभन्दा धेरै घलेम्दी हाइड्रो २९ करोड ९८ लाख रुपैयाँ, एनआरएनको १६ करोड ६९ लाख रुपैयाँ तथा सोलु हाइड्रोको १५ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस्तै, आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले १५ प्रतिशत, माउन्ट एभरेष्टका लगानीकर्ताले १४ दशमलव ९९ र सुपर खुदी हाइड्रोका लगानीकर्ताले १३ दशमलव ०२ प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले ५ दशमलव ११ प्रतिशतका दरले गुमाएका छन्।



