काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर (आईपीओ) औपचारिक रूपमा सूचीकृत भएको छ। दोस्रो बजारमा कारोबारका लागि कम्पनीको कुल ३४ लाख कित्ता शेयर दर्ता भएको हो। यस सूचीकरणमा संस्थापक शेयरधनीहरूको २५ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि जारी गरिएको ८ लाख ५० हजार कित्ता शेयर समावेश छ।
नेप्सेले यस कम्पनीलाई कारोबारका लागि (SAPIL) टिकरमा कारोबार हुनेछ। पहिलो सेसनका लागि नेप्सेले प्रतिशेयर न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको सुरुवाती मूल्य रेञ्ज (Opening Range) तोकेको छ। कम्पनीको वास्तविक नेटवर्थको आधारमा यस कम्पनी ओपनिङ्ग रेञ्ज तय गरिएको हो ।



