काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘NAIMA Mobility Expo 2026’ भव्य रूपमा सुरु भएको छ। यस प्रदर्शनीको अवसरलाई लक्षित गर्दै कृषि विकास बैंक लिमिटेड (ADBL) ले अटोप्रेमीहरूका लागि आकर्षक ADBL Auto Loan योजना सार्वजनिक गरेको छ। यस कर्जा योजनामार्फत ग्राहकहरूले आफ्नो सपनाको सवारीसाधन सहजै खरिद गर्न सक्नेछन्।
यस विशेष योजनाअन्तर्गत बैंकले ब्याज प्रिमियम र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट दिने आकर्षक सुविधा ल्याएको छ। यसका साथै बैंकले अधिकतम ७ वर्षको भुक्तानी अवधि, छिटो र सजिलो कर्जा प्रक्रिया तथा लचिलो मासिक किस्ता (EMI) विकल्पहरू पनि उपलब्ध गराएको छ। न्यूनतम कागजातको आधारमा सजिलै फाइनान्स सुविधा पाइने हुनाले ग्राहकहरूलाई आफ्नो रोजाइको सवारीसाधन घर भित्र्याउन थप सहज हुनेछ।
एक्स्पो अवलोकन गर्न आउने आगन्तुकहरूले आफूलाई मनपर्ने गाडीको प्रत्यक्ष अवलोकन गरी टेस्ट ड्राइभ गर्न र त्यहीँबाट बुकिङ गर्न सक्नेछन्। सवारीसाधनको रोजाइपछि तत्काल फाइनान्स सुविधा लिनका लागि कृषि विकास बैंकको स्टल वा बैंकको आधिकारिक वेबसाइट adbl.gov.np मार्फत तथा फोन नम्बर ०१-५७२११६५ मा सम्पर्क गरी थप जानकारी लिन सकिनेछ। NAIMA Mobility Expo 2026 मा नयाँ प्रविधिका सवारीसाधन छान्नुहोस् र ADBL Auto Loan को सुलभ सहकार्यमा आफ्नै सवारीसाधनको मालिक बन्नुहोस्।



