२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज पनि सकिएन पूर्वगृहमन्त्री खाँणको बयान

images

सत्कार खबर
  • २०८० जेठ १, सोमबार
  • 886
    SHARES
  • आज पनि  सकिएन पूर्वगृहमन्त्री खाँणको बयान

     काठमाडौं : पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ ।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणको भोलि पनि बयान लिने भएको हो । 

    आज लिएको बयान नसकिएपछि भोलि पुन बयान लिने बताइएको छ । सरकारको वकिलको कार्यालयले यो मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न पनि प्रहरीलाई अनुरोध गरेको छ ।

    ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै  समय मागेपछि जिल्ला अदालतले हिजो मात्रै उहाँलाई  थप ४ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ