२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लगातार तेस्रो सिजन चितवन राइनोजमा फर्किए रवि बोपारा

images

  • २०८३ साउन २४, आइतबार
  • 356
    SHARES
  • लगातार तेस्रो सिजन चितवन राइनोजमा फर्किए रवि बोपारा

    काठमाडौँ: इंग्ल्याण्डका चर्चित तथा अनुभवी अलराउन्डर रवि बोपाराले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी संस्करणमा पनि चितवन राइनोजबाटै खेल्ने भएका छन्। एनपिएलमा सहभागिताको हिसाबले ह्याट्रिक गर्दै उनले लगातार तेस्रो सिजन पनि चितवनको जर्सी लगाउने पक्का भएको छ।

    एनपिएलका दुवै संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै आएका बोपाराले यसअघिका खेलहरूमा ५ सयभन्दा बढी रन बनाएर आफ्नो प्रभाव जमाइसकेका छन्। पहिलो संस्करणमा ३ अर्धशतकसहित २ सय ८६ रन बनाएका उनी सर्वाधिक रन कर्ताको सूचीमा शीर्षस्थान भन्दा थोरैले मात्र पछि परेका थिए। त्यस्तै, गत सिजनमा पनि उनले पहिलो तीन खेलमै लगातार अर्धशतकीय पारी खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।

    चितवन राइनोजले सामाजिक सञ्जालमार्फत आफ्नो टोलीमा बोपाराको पुनरागमन भएको पुष्टि गरेको छ। एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सञ्चालन हुँदैछ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ