काठमाडौँ : नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य भने ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। नयाँ मूल्य निर्धारण भएसँगै आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ। बुधबार बजारमा चाँदी प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।



