२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अधिकांश वाणिज्य बैंकद्वारा ब्याजदर यथावत्, केहीमा सामान्य गिरावट

images

  • २०८३ असार ३२, बिहीबार
  • 486
    SHARES
  • अधिकांश वाणिज्य बैंकद्वारा ब्याजदर यथावत्, केहीमा सामान्य गिरावट

    काठमाडौँ : नेपालका वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। वित्तीय प्रणालीमा अधिक तरलता रहेको र कर्जाको मागमा सुधार आउन नसकेका कारण यस महिना पनि ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ।

    अधिकांश बैंकहरूले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि केही प्रमुख बैंकहरूले भने ब्याजदरमा थप कटौती गरेका छन्। औसत ब्याजदरमा कमीसाउन महिनाका लागि सार्वजनिक गरिएको विवरण अनुसार व्यक्तिगत तथा संस्थागत दुवैतर्फको औसत मुद्दती ब्याजदरमा सामान्य गिरावट देखिएको छ ।

    व्यक्तिगत मुद्दती निक्षेप: असारको ४.२७ प्रतिशतबाट घटेर साउनमा ४.१७ प्रतिशत कायम भएको छ। संस्थागत मुद्दती निक्षेप: असारको ३.१८ प्रतिशतबाट घटेर साउनमा ३.१२ प्रतिशतमा झरेको छ।

    कुन बैंकमा कति  ?

    बैंक व्यक्तिगत संस्थागत
    कृषि विकास बैंक ४.१५ २.७५
    एभरेष्ट बैंक ४.०५ ३.५०
    नेपाल बैंक ४.२५ ४.००
    कुमारी बैंक ३.८५ ३.०१
    नेपाल एसबीआई बैंक ४.१० २.७५
    लक्ष्मी सनराइज बैंक ४.०० ३.२५
    ग्लोबल आइएमई बैंक ४.०० २.७५
    प्राइम बैंक ४.०० २.७५
    सिटिजन्स बैंक ३.९५ ३.००
    प्रभु बैंक ४.५५ २.७५
    माछापुच्छ्रे बैंक ४.५० ३.००
    एनएमबि बैंक ४.५० ३.५०
    स्ट्याण्डर्ड चार्टर्ड बैंक ३.८५ २.७५
    हिमालयन बैंक ४.०० ३.५०
    सिद्धार्थ बैंक ४.०५ ३.२५
    नबिल बैंक ४.५५ ३.०१
    सानिमा बैंक ४.५० ३.३०
    राष्ट्रिय वाणिज्य बैंक ४.०० ३.००
    एनआईएमबि ४.५० ३.५०
    एनआईसी एशिया बैंक ४.०० ३.००

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ