कात्तिक २२, सल्यान्टार : मंगलबार राति धादिङको सल्यान्टारमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्। रोकि राखेको ना ६ त २७५८ नम्बरको ट्याक्टरमा बा ५० प ७१३८ सीभीआर होण्डा बाइक ठोक्किँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्।
उपचारको क्रममा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ बस्ने रोशन परियारको मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो। दुर्घटनामा परी सन्दीप श्रेष्ठ भने घाइते भएका छन्।



