२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

श्रम स्वीकृति बिना वैदेशिक रोजगारी यात्रा नगर्न अध्यागमन विभागको आग्रह

images

  • २०८३ जेठ १७, आइतबार
  • 696
    SHARES
  • श्रम स्वीकृति बिना वैदेशिक रोजगारी यात्रा नगर्न अध्यागमन विभागको आग्रह

    काठमाडौँ : अध्यागमन विभागले श्रम स्वीकृति भएपछि मात्रै वैदेशिक रोजगारीको यात्रा गर्न सबैलाई अनुरोध गरेको छ । 

    विभागले प्रेस विज्ञप्ती जारी गर्दै श्रमिक भिसामा रहेका कतिपय नेपालीले श्रम स्वीकृतिको लागि वैदेशिक रोजगार विभागमा आवेदन मात्र गरी स्वीकृति नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा प्रस्थानका लागि आउने गरेको भन्दै श्रम स्वीकृति भइसकेपछि मात्रै आउन अनुरोध गरेको हो ।

    आवेदन मात्रै दिएर स्वीकृति नहुँदै विमानस्थल आउँदा श्रमिकहरूलाई मर्का पर्ने गरेको भन्दै अध्यागमनले श्रम स्वीकृति जारी भइसकेपछि मात्रै आउनु अनुरोध गरेको विज्ञप्तीमा उल्लेख छ । 

    आफ्नो ‘श्रम स्वीकृति भइसकेको छ’ भन्ने तर श्रम स्वीकृतिका लागि अन्य व्यक्ति मार्फत निवेदन मात्र गरेको हुने र उक्त विषयमा श्रमिकलाई जानकारी नहुने गरेको विभागले जनाएको छ ।

    श्रमिकको भिसामा विदेश यात्रा गर्ने नेपालीले श्रम स्वीकृति भएको यकिन गरेर मात्र यात्रा गर्न अनुरोध गरेको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ