२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कर्जा प्रवाह कमजोर हुदा बैंकहरूले घटाए ब्याजदर ; मुद्रास्फीति भन्दा तल झरेको मुद्दती ब्याजदर

images

  • २०८३ वैशाख ३१, बिहीबार
  • 1.4K
    SHARES
  • कर्जा प्रवाह कमजोर हुदा बैंकहरूले घटाए ब्याजदर ; मुद्रास्फीति भन्दा तल झरेको मुद्दती ब्याजदर

    काठमाडौँ : जेठ महिनामा वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन्। वैशाखमा औसत ४.४ प्रतिशत ब्याजदर रहेकोमा जेठमा यो घटेर ४.३ प्रतिशतमा पुगेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर ४ प्रतिशतबाट बढाएर ४.०५ प्रतिशत पुर्‍याएको छ भने ७ वटा बैंकले ब्याजदर घटाएका छन् र १२ बैंकले स्थिर राखेका छन्।

    ब्याजदर घट्नुको मुख्य कारण बैंकहरूसँग कर्जा लगानीयोग्य रकम प्रशस्त हुनु हो। हाल बैंकहरूसँग झन्डै १२ खर्ब रुपैयाँभन्दा बढी कर्जा दिन मिल्ने रकम छ तर कर्जा प्रवाह कमजोर भएकाले बैंकहरूले २.५० देखि ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्।

    जेठमा सबैभन्दा बढी ब्याजदर राष्ट्रिय वाणिज्य बैंकको ४.७५ प्रतिशत र सबैभन्दा कम कुमारी बैंकको ३.९६ प्रतिशत रहेको छ। हाल बैंक तथा वित्तीय संस्थाहरूसँग ७९ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा ५८ खर्ब ७७ अर्ब रुपैयाँ मात्र कर्जा लगानी भएको छ। 

    नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा उपभोक्ता मुद्रास्फीतिदर ४.४७ प्रतिशत पुगेको छ। मुद्दती निक्षेपको अधिकतम ब्याजदर मुद्रास्फीतिभन्दा तल झरेपछि वित्तीय क्षेत्रमा जोखिम बढेको विज्ञहरूले बताएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ