२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ खुला

images

  • २०८२ मंसिर २२, सोमबार
  • 1.2K
    SHARES
  • रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ खुला

    काठमाडौँ : रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज मंसिर २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि साधारण शेयर (IPO) बिक्री खुला गरेको छ। कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको कुल शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५ सय ९६ कित्ता शेयर बिक्रीमा ल्याएको हो।

    - प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ भए पनि लगानीकर्ताले आवेदन दिनुपर्ने मूल्य ८ सय २० रुपैयाँ ८० पैसा तोकिएको छ।

    - न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    - निष्कासन अवधि छिटोमा मंसिर २५ गतेसम्म र ढिलोमा पुस ७ गते बैंकिङ समयसम्म रहनेछ।


    गत वर्ष कम्पनीले बुक बिल्डिङ विधिमार्फत संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर बिक्री गरेको थियो। त्यतिबेला प्रतिशेयर मूल्य सीमा ६ सय ८ देखि ९ सय १२ रुपैयाँ तोकिएको थियो, जसअनुसार कटअफ प्राइस माथिल्लो रेन्जमै तय भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा हालको प्रतिशेयर मूल्य ८ सय २० रुपैयाँ ८० पैसा कायम भएको हो।

    आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू वा सीडीएससीको ‘मेरो शेयर’ प्रणालीमार्फत गर्न सकिनेछ। यस आइपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ