२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्से सामान्य अंकले घट्यो भने कारोबार रकम बढ्यो

images

  • २०८२ मंसिर ४, बिहीबार
  • 606
    SHARES
  • नेप्से सामान्य अंकले घट्यो भने कारोबार रकम बढ्यो

    काठमाडौँ : नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन आज सामान्य अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ०.७९ अंक घटेर २५६०.२९ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६१ अंकले घट्यो भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५४ अंकले घटेका छन्।

    आज १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढ्दा ७ उपसमूह घटेका छन्। होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.१६ प्रतिशतले बढेको छ। 
    कारोबार रकमका आधारमा साहस उर्जा शीर्ष स्थानमा ४१ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भयो। त्यसपछि सप्तकोशी डेभलपमेन्ट बैंक करिब १७ करोड रुपैयाँको कारोबारसहित दोस्रो स्थानमा रह्यो भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम साढे १२ करोड रुपैयाँभन्दा बढी रह्यो।

    आज चार कम्पनीको शेयर सकारात्मक सर्किट जसमा धौलागिरी लघुवित्त  बन्दीपुर केबलकार  झापा इनर्जी र सागर डिष्टिलरी रहेका छन्।  साथै, सिन्धु विकास बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी तथा  सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य साढे ७ प्रतिशतभन्दा बढीले उक्लियो। बुङ्गल हाइड्रो भने ९.०५ प्रतिशतले घट्दै सर्वाधिक घटेका छ।

    हिजो बुधबार ३ अर्ब ७७ करोड रुपैयाँबराबरको कारोबार भएकोमा बिहीबार ३२८ कम्पनीको ६६ हजारभन्दा बढी कारोबारमार्फत ४ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको १ करोड ४ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ