२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनपीएलमा सुदूरपश्चिमको विजयी सुरुवात, काठमाडौँ २९ रनले पराजित

images

  • २०८२ मंसिर ३, बुधबार
  • 856
    SHARES
  • एनपीएलमा सुदूरपश्चिमको विजयी सुरुवात, काठमाडौँ २९ रनले पराजित

    काठमाडौँ : सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। सुदूरपश्चिम रोयल्सले दिएको १४८ रनको लक्ष्य काठमाडौँ गोर्खाजले  १६.५ ओभरमा सबै विकेट गुमाउँदै ११८ रन मात्र बनाएका थियो। 

    काठमाडौँका लागि आकाश त्रिपाठीले ३४ रन, जोन सिम्पसनले  २४ रन,मिलिन्द कुमारले ११ रन तथा सन्नी पटेलले १० बनाएका थिए भने भने अन्य खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन्।

    बलिङमा सुदूरपश्चिम कास्कट कुग्गेलिजन, हेमन्त धामी र हरमित सिंहले समान २-२ विकेट तथा इशान पाण्डे, नरेन साउद र अविनाश बोहरा समान १ /१ विकेट  लिएका थिए।

    यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएका थियो। सुदूरपश्चिमका लागि हरमित सिंहले सर्वाधिक ५३ रन तथा दीपेन्द्र सिंह ऐरीले २९ रन बनाएका थियो। साथै, आरिफ शेखले २५ रन, इशान पाण्डेले ११ रन र नारायण जोशीले ११ रन बनाएका थिए।

    बलिङमा काठमाडौँका करण केसीले सर्वाधिक ४ विकेट तथा राशिद खान, सन्नी पटेल र मिलिन्द कुमारले समान २/२ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ