२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनपीएलमा सुदूरपश्चिमले काठमाडौँलाई दियो १४८ रनको लक्ष्य

images

  • २०८२ मंसिर ३, बुधबार
  • 841
    SHARES
  • एनपीएलमा सुदूरपश्चिमले काठमाडौँलाई दियो १४८ रनको लक्ष्य

    काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई १ सय ४८ रनको लक्ष्य दिएको छ।

    त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएका थियो। सुदूरपश्चिमका लागि हरमित सिंहले सर्वाधिक ५३ रन तथा दीपेन्द्र सिंह ऐरीले २९ रन बनाएका थियो। साथै, आरिफ शेखले २५ रन, इशान पाण्डेले ११ रन र नारायण जोशीले ११ रन बनाएका थिए।

    बलिङमा काठमाडौँका करण केसीले सर्वाधिक ४ विकेट तथा राशिद खान, सन्नी पटेल र मिलिन्द कुमारले समान २/२ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ