२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्से परिसूचक ४.९८ अंकले घट्दै २५६१ विन्दुमा, कारोबार ३ अर्ब ७७ करोडमा सीमित

images

  • २०८२ मंसिर ३, बुधबार
  • 856
    SHARES
  • नेप्से परिसूचक ४.९८ अंकले घट्दै २५६१ विन्दुमा, कारोबार ३ अर्ब ७७ करोडमा सीमित

    काठमाडौँ : अघिल्ला २ दिन लगातार वृद्धि देखिएको बजार आज बुधबार भने घटेर बन्द भएको छ। नेप्से परिसूचक ४.९८ अंकले घटेर २५६१.०८ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.२६ अंकले घट्यो भने फ्लोट इन्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४५ अंकले घटेको छ।
      
    आज कारोबार रकम पनि घटेको छ। मंगलबार ४ अर्ब १० करोड रुपैयाँबराबरको कारोबार भएकोमा आज बुधबार ३३८ कम्पनीको ५० हजारभन्दा बढी कारोबारमार्फत ८३ लाख ८८ हजार कित्ता शेयर किनबेच भएको छ। कुल कारोबार रकम ३ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीमा सीमित रह्यो।

    आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढ्दा ९ उपसमूह घटेका छन्। होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.१६ प्रतिशतले बढ्यो भने विकास बैंक उपसमूह १.०९ प्रतिशतले घटेर बन्द भएको छ।

    आज  ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो जसमा माबिलुङ्ग इनर्जी, दरमखोल हाइड्रो इनर्जी, सागर डिष्टिलरी, हिमस्टार उर्जा कम्पनी, बुङ्गल हाइड्रो, सान्भी इनर्जी, बन्दीपुर केबलकार एण्ड टुरिजम र झापा इनर्जीको शेयर रहेकको छ। यस्तै, स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढ्दा, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने ६.०३ प्रतिशतले घटेर बन्द भएको छ।

    कारोबार रकमका आधारमा बरुण हाइड्रोपावर शीर्ष स्थानमा २७ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भयो। त्यस्तै, साहस उर्जाको साढे १९ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो भने राधी विद्युत कम्पनीले करिब १६ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ