२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ङादी ग्रुप पावरद्वारा लाभांश घोषणा, मंसिर २५ मा साधारणसभा आह्वान

images

  • २०८२ मंसिर ३, बुधबार
  • 596
    SHARES
  • ङादी ग्रुप पावरद्वारा लाभांश घोषणा, मंसिर २५ मा साधारणसभा आह्वान

    काठमाडौँ : ङादी ग्रुप पावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले हाल कायम चुक्तापुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ५०० रुपैयाँमा आधारित कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसमा ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश समावेश गरिएको छ।

    लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर १४ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्। 

    लाभांश अनुमोदनका लागि कम्पनीले मंसिर २५ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ः३० बजे १२ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा लाभांश पारित भएपछि शेयरधनीहरूले बोनस शेयर प्राप्त गर्नेछन्। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। साथै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ। सञ्चालकहरूको नियुक्ति सम्बन्धी प्रस्ताव पनि सभामा अनुमोदन गरिनेछ।

    May be an image of text

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ