२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल बैंक लिमिटेडको ८९औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

images

  • २०८२ मंसिर २, मंगलबार
  • 681
    SHARES
  • नेपाल बैंक लिमिटेडको ८९औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    काठमाडौं : नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ। वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकले २०८२ साल कार्तिक ३० गते ८८ वर्ष पूरा गरी ८९औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयमा विशेष कार्यक्रम आयोजना गरियो। 

    समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले गरेका थिए। कार्यक्रममा २५ वर्षसम्म निरन्तर सेवा दिने ३ जना तथा २० वर्ष सेवा गर्ने ५३ जना कर्मचारीलाई पदक र प्रशंसापत्र प्रदान गरियो। सुरक्षात्मक चुनौतीपूर्ण अवस्थामासमेत बैंकको सुरक्षा मजबुत बनाउन योगदान पुर्याउने गौरादह शाखा र नयाँ वानेश्वर शाखाका सुरक्षाकर्मीलाई विशेष सम्मान गरिएको थियो। साथै, उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई पनि पुरस्कृत गरियो।

    समारोहको अन्त्यमा अध्यक्ष शर्माले कर्मचारीलाई उच्च मनोबल, इमान्दारी र जिम्मेवारीका साथ कार्यक्षेत्रमा लाग्न प्रेरित गर्दै बैंकलाई अझ सशक्त बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे।  


    नेपालभर २३१ शाखा, २३७ एटिएम तथा ६१ एक्टेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा पुर्याउँदै आएको बैंकले पछिल्ला वर्षहरूमा आधुनिक बैंकिङ प्रविधि प्रयोग गर्दै ग्राहक सेवामा उल्लेखनीय सुधार गरेको छ। करिब १० लाख ग्राहक डिजिटल माध्यमबाट लाभान्वित भएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ