२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

साहस ऊर्जाको लाभांश घोषणा, हकप्रद सेयर पनि जारी हुने

images

  • २०८२ कात्तिक २५, मंगलबार
  • 1.4K
    SHARES
  • साहस ऊर्जाको लाभांश घोषणा, हकप्रद सेयर पनि जारी हुने

    काठमाडौँ : साहस ऊर्जा लिमिटेडले आफ्ना सेयरधनीहरूलाई कुल २२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले चुक्ता पूँजीको २१ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर प्रयोजनका लागि १.१०५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

    कम्पनीका अनुसार प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।

    त्यसैगरी, बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुग्नेछ। सो पूँजीका आधारमा कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ