काठमाडौँ : चन्द्रागिरि केबलकार तथा रिसोर्ट (चन्द्रागिरि हिल्स) शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेको थियो । त्यसलगत्तै चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो ।
केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने जनाइएको छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरू प्राप्त गर्न सक्ने जनाइएको छ ।
सेवा बन्द हुनुअघि चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए ।



