२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कोरला नाका हुँदै चीनसँगको व्यापारमा उल्लेखनीय वृद्धि, वैकल्पिक मार्गको रूपमा सफल

images

  • २०८२ कात्तिक १०, सोमबार
  • 1.3K
    SHARES
  • कोरला नाका हुँदै चीनसँगको व्यापारमा उल्लेखनीय वृद्धि, वैकल्पिक मार्गको रूपमा सफल

    काठमाडौँ : नेपाल र चीनबीचको व्यापारिक सम्बन्धमा कोरला नाका नयाँ विकल्पको रूपमा उदाएको छ। रसुवागढी र तातोपानी नाकामा पहिरो र बाढीका कारण आवागमन अवरुद्ध भएपछि मुस्ताङस्थित कोरला नाका ३० भदौदेखि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो।

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कोरला नाका हुँदै ५ अर्ब रुपैयाँभन्दा बढीको आयात–निर्यात भएको छ। यसमध्ये ५ अर्ब २७ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ भने ९१ लाख ३२ हजार रुपैयाँ बराबरको वस्तु चीन निर्यात गरिएको छ। विद्युतीय सवारीसाधन (ईभी), लत्ताकपडा तथा फलफूल मुख्य आयात वस्तु रहेका छन्।

    रसुवा जिल्लाको लेहेन्दे खोलामा २४ असारमा आएको बाढीले रसुवा भन्सार कार्यालय पूर्णरूपमा बन्द गराएको थियो। तातोपानी नाकामा पनि कोदारी राजमार्गमा पहिरोले यातायात लामो समयसम्म अवरुद्ध भएको थियो। यी समस्याले गर्दा कोरला नाका वैकल्पिक मार्गको रूपमा सञ्चालनमा ल्याइएको हो।

    कोरला नाकामा आशिकुडा प्रणाली लागू भइसकेको छ, जसले भन्सार प्रक्रिया सहज बनाएको छ। नेपाल राष्ट्र बैंकले पनि मुस्ताङ भन्सार कार्यालयलाई चिनियाँ भूभाग हुँदै प्रतीतपत्रमार्फत सामान आयात गर्न अनुमति दिँदै एकीकृत परिपत्र २०८१ मा समावेश गरेको छ।

    अन्य नाकाहरूको तथ्यांक हेर्दा, पछिल्लो तीन महिनामा रसुवागढी नाकाबाट ३८ करोड ८१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात शून्य रहेको छ। तातोपानी नाकाबाट ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, तर निर्यात त्यहाँ पनि शून्य देखिएको छ।


    कुल रूपमा हेर्दा, चीनसँगको व्यापारमा नेपालले १ खर्ब ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने निर्याततर्फ १८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ