२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रविभवनमा ७ अर्ब लगानीमा ‘द ओबरोय काठमाडौं’ लक्जरियस होटल निर्माण हुँदै

images

  • २०८२ कात्तिक ९, आइतबार
  • 451
    SHARES
  • रविभवनमा ७ अर्ब लगानीमा ‘द ओबरोय काठमाडौं’ लक्जरियस होटल निर्माण हुँदै

    काठमाडौँ : काठमाडौंको रविभवनमा ७ अर्ब रुपैयाँ बढी लगानीमा लक्जरियस होटल निर्माण गर्ने भएको छ । सिप्रभ्य होटल एन्ड रिसोर्ट प्रालिले रविभवनमा ७ अर्ब १२ करोड ४० लाख रुपैयाँ लगानीमा लम्जरियस होटल ‘द ओबरोय काठमाडौं’ ब्रान्डको होटल निर्माण गर्ने भएको हो ।

    कम्पनीले ७५ वटा लक्जरियस कोठाको सुविधासहित होटल निर्माण गर्ने भएको छ । कम्पनीले प्रतिकोठाको लागत ९ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । जसमा कम्पनीले ६० प्रतिशत अर्थात् ५ करोड ७० लाख रुपैयाँ लागत मिक्स कर्जाबाट लगानी गर्ने जनाएको छ । प्रतिकोठाको लागत उच्च भएकाले कम्पनीमाथि ऋणको भार तुलनात्मक रुपमा उच्च हुने जनाएको छ ।

    लक्जरियस होटल भएकाले अन्य होटलको तुलनामा लागत बढेको कम्पनीको भनाइ छ । सन् २००४ मा स्थापना भएको कम्पनीले भारतको द ओबरोय ग्रुपसँग सम्झौता गरी नेपालमा होटल निर्माण गर्ने भएको हो ।

    कम्पनीले लगानीको अनुपात ६०:४० रहेको छ । जसमा ६० प्रतिशत कर्जा र ४० प्रतिशत इक्वीटीबाट लगानी गर्ने भएको हो । सन् २०२५ को जुनसम्ममा ७५ प्रतिशत अर्थात् २ अर्ब ८५ करोड इक्वीटीको व्यवस्थापन भइसकेको छ । कम्पनीमा सिद्धार्थ राणाको सबैभन्दा बढी स्वामित्व रहेको रेटिङमा उल्लेख गरेको छ ।

    होटल निर्माणका लागि कम्पनीले ४ अर्ब २७ करोड ४० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । हालसम्ममा होटल निर्माणका लागि जग्गा अधिग्रहणको कार्य भइसकेको छ भने निर्माण कार्य अगाडि बढाउन सम्झौता पनि भइसकेको छ । होटल निर्माणका कार्य सन् २०२५ जुनबाट सुरु भइसकेको छ ।

    उक्त होटल सन् २०२९ को जुनसम्ममा निर्माण सम्पन्न गरी व्यवसायिक कारोबार गर्ने योजना बनाएको छ । कम्पनीअनुसार आगामी १८ महिना अर्थात् सन् २०२६ को डिसेम्बरसम्ममा भौतिक कार्य सम्पन्न गर्न सम्झौता भइसकेको छ । तर, व्यवसायिक कारोबार भने सन् २०२९ बाट गर्ने लक्ष्य लिएको छ । जसमा इन्टेरियरको कार्य अब्रोय ग्रुपले गर्ने भएको छ ।

    कम्पनीमा सिद्धार्थएसजीबी राणाको ६० प्रतिशत, र एम/एस सूर्य इन्टरप्राइजेज प्रालि र एम/एस एसआर होल्डिङको २०/२० प्रतिशत स्वामित्व छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ