२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

असोज महिनाका लागि बैंकहरूको ब्याजदरमा थप गिरावट

images

  • २०८२ भदौ ३१, मंगलबार
  • 1.0K
    SHARES
  • असोज महिनाका लागि बैंकहरूको ब्याजदरमा थप गिरावट

    काठमाडौँ : असोज महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदरमा थप गिरावट आएको छ । हालै सार्वजनिक २० वटा वाणिज्य बैंकको ब्याजदर सूचीअनुसार भदौको तुलनामा असोजमा औसत ब्याजदर घटेको छ।

    के भन्छ नयाँ तथ्याङ्क?

    व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.११३५ प्रतिशत विन्दुले घटेको छ। भदौमा ५.५७७ प्रतिशत रहेकोमा असोजका लागि यो ५.४६३५ प्रतिशतमा झरेको छ। 

    कुन बैंकले के गरे ?

    कुल १० वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। यी बैंकहरूमा कृषि विकास, एभरेस्ट, नेपाल, एनआईसी एसिया, प्राइम कमर्सियल, कुमारी, सानिमा, नेपाल एसबीआई, एनएमबी, र सिटिजन्स बैंक रहेका छन्। यी बैंकहरूमा अब अधिकतम ब्याजदर ६ प्रतिशतमा झरेको छ।

    सात बैंकले भने ब्याजदर स्थिर राखेका छन्। यी बैंकहरूमा माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, सिद्धार्थ, हिमालयन र इन्भेस्टमेन्ट मेगा बैंक समावेश छन्। लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सामान्य रूपमा ब्याजदर बढाएका छन्।

    सामान्यतया, बैंकहरूले छोटो अवधिको मुद्दती निक्षेपमा कम र लामो अवधिको मुद्दती निक्षेपमा बढी ब्याज दिने गर्छन्। व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम ब्याजदर लामो अवधिको लागि हो।

    बचत र कर्जामा के प्रभाव पर्छ ?

    व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत खाताको ब्याज पनि स्वतः घट्न जान्छ। यसका साथै, कर्जाको ब्याजदरमा पनि कमी आउने सम्भावना हुन्छ।

    ब्याजदर घट्नुको कारण के हो ?

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएर ब्याजदर घटाउन बैंकहरूलाई दबाब दिएपछि साउन र भदौमा पनि ब्याजदर घटेको थियो। हाल नीतिगत दर ४.५ प्रतिशत छ भने स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत रहेको छ।

    ब्याजदर घट्नुको अर्को मुख्य कारण कर्जा प्रवाहमा देखिएको सुस्तता पनि हो। बैंकहरूमा पर्याप्त तरलता भए पनि कर्जाको माग कम हुँदा ब्याजदर घटाएर लगानी आकर्षित गर्ने प्रयासमा बैंकहरू लागेका छन्।

    असोज महिनाका लागि मुद्दतीमा बैंकहरूले दिने ब्याजदर

    bank interest.png
    www.satkarkhabar.com


    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ