२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

उपत्यकाका कुन कार्यालयमा कति सरकारी गाडी आगजनी ?

images

  • २०८२ भदौ ३१, मंगलबार
  • 1.3K
    SHARES
  • उपत्यकाका कुन कार्यालयमा कति सरकारी गाडी आगजनी ?

    काठमाडौं : काठमाडौंमा भदौ २३ गतेको जेनजी प्रदर्शनपछि भड्किएको हिंसाका कारण ठूलो मात्रामा सरकारी सवारीसाधनमा क्षति पुगेको छ। प्रारम्भिक जानकारी अनुसार, कूल १ हजार ४२ वटा सरकारी गाडीहरूमा आगजनी भएको छ, जसमा ४ सय ४१ वटा चारपाङ्ग्रे र ६ सय १ वटा दुईपाङ्ग्रे सवारीसाधन समावेश छन्।

    क्षतिग्रस्त सवारीसाधनमध्ये सडक विभागका ६५ वटा चारपाङ्ग्रे गाडी जलेका छन्। त्यसैगरी, सर्वोच्च अदालतका ५१ वटा, सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ वटा, अर्थ मन्त्रालयका ३६ वटा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा गाडीहरूमा क्षति पुगेको छ।

    अन्य मन्त्रालयहरूमा पनि सवारीसाधन जलेका छन्, जसमा शिक्षा मन्त्रालयका २६, गृह मन्त्रालयका २५, स्वास्थ्य मन्त्रालयका २२, युवा तथा खेलकुद मन्त्रालयका १९, संघीय संसद सचिवालयका १८, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८, वन तथा वातावरण मन्त्रालयका १७ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपाङ्ग्रे गाडीहरू रहेका छन्।

    भदौ २३ गते जेनजी युवाहरूको प्रदर्शनमा सरकारी दमनका क्रममा १९ जना युवाको ज्यान गएपछि २४ गते काठमाडौंमा ठूलो आगजनी र तोडफोड भएको थियो। आन्दोलन व्यक्ति र सरकारी कार्यालयहरूमा केन्द्रित भएकाले धेरै सरकारी संरचनाहरूमा क्षति पुगेको बताइएको छ। सरकारी र निजी सवारीसाधनहरूमा भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ