२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सेयर बजार

११.२२ अंकले बढ्यो नेप्से,करिब १ अर्बको कारोबार

images

  • २०८० कात्तिक २१, मंगलबार
  • 1.6K
    SHARES
  • ११.२२  अंकले बढ्यो नेप्से,करिब  १ अर्बको कारोबार

    कात्तिक २१, काठमाडौं : आज मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको हो। साताको तेस्रो कारोबार दिन आज (मंगलबार) बजार परिसूचक नेप्से ११.२२ अंकले वृद्धि हुँदा १८५८.७६ को विन्दुमा रोकिएको छ। त्यसैगरी,आज सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक बढेको छ।

    १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। नेप्से बढेसंगै आज कारोबार रकम पनि हिजो सोमबारको तुलनामा केही बढेको छ। हिजो आइतबार ९३ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा आज २८५ स्टकको ४० हजार ६०० पटकको कारोबारमा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको ४३ लाख ३१ हजार कित्ता शेयर कारोबार भएको छ।

    आज १४४ स्टकको मूल्य बढेको छ भने ८३ स्टकको मूल्य घटेको छ। बाँकी १२ स्टकको मूल्य स्थिर रहेको छ। जसमध्ये, आज लगानी उपसमूहको परिसूचक सर्वाधिक १.५१ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.१८ प्रतिशत घटेको छ। त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर सर्वाधिक ८.१६ प्रतिशत बढेको छ भने स्वाभिमान लघुवित्तको शेयर सर्वाधिक ८.२६ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा आज हिमालयन बैंकको संस्थापक शेयर शीर्ष स्थानमा, ९ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै, माछापुच्छ्रे बैंकको ६ करोड भन्दा बढीको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको करिब ६ करोडको शेयर कारोबार भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ