२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सर्वसाधारणले आजदेखि सागर डिस्टिलरीको आइपीओमा आवेदन दिन सकिने

images

  • २०८२ भदौ ३०, सोमबार
  • 1.1K
    SHARES
  • सर्वसाधारणले आजदेखि सागर डिस्टिलरीको आइपीओमा आवेदन दिन सकिने

    काठमाडौँ : सागर डिस्टिलरीले आज भदौ ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ। यसअघि भदौ २५ गते नै आईपीओ आउने भनिए पनि विशेष परिस्थितिका कारण स्थगित भएको थियो। अब लगानीकर्ताहरूले आजबाटै आवेदन दिन सक्नेछन्।

    कम्पनीले कुल १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो। जसमध्ये १ लाख ४५ हजार २ सय कित्ता शेयर विदेशमा कार्यरत नेपालीहरूलाई बाँडफाँड गरिसकेको छ।

    साथै, ७२ हजार ६ सय कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई र ४३ हजार ५ सय ६० कित्ता शेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याइएको छ। बाँकी ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ।

    इच्छुक लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। यो आईपीओमा असोज २ गतेसम्म छिटोमा र ढिलोमा असोज १३ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ