२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडे, नयाँ पार्टी घोषणा

images

  • २०८२ भदौ २९, आइतबार
  • 921
    SHARES
  • रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडे, नयाँ पार्टी घोषणा

    काठमाडौँ  : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् । अब नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने उनले घोषणा गरेका छन् ।

    सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन् । पछिल्लो समय चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबिच पार्टीको आधिकारिकतालाई लिएर विवाद भएको थियो ।

    चौधरीले नयाँ पार्टीमा जोडिन सम्पूर्ण पार्टी पंतिलाई आग्रह पनि गरेका छन् । अब जेनजी पुस्ताको माग र भावना समेट्दै अघि बढ्ने उनले प्रण गरेका छन् । छिट्टै नयाँ पार्टीको बैठक बोलाउने र विस्तृतमा जानकारी सार्वजनिक गर्ने उनले बताएका छन् l

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ